नेपालको ‘व्याख्यात्मक टिप्पणी’लाई अमेरिकाको ‘व्याख्यात्मक स्वीकारोक्ती’ !

प्रकाशित मिति: १८ फाल्गुन २०७८, बुधबार २१:११

नारायणकाजीलाई प्रचण्डको प्रस्ताव : ‘एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं’
पास भैसकेको एमसीसीको मात्र मतभेद हो भने मिल्न तयार !

ओली भन्छन् : ‘यो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु नयाँ कुरा भयो र !’
केपी काम्रेडले अब कुरा घुमाएर भन्न छोड्नुभएजस्तो छ !

ओलीको लाइन : एमसीसीलाई समर्थन, प्रचण्ड माधव र सभामुखलाई प्रहार
देउबाको बारेमा चुप, छैन सरोकार !

‘नेताहरूको केटाकेटी व्यवहारले राष्ट्रियतामाथि नै आँच आयो’ : लिङ्देन
राष्ट्रियताभन्दा राजनीति ठुलो भएकाले नेताहरुलाई नेता हुन दिनु पर्छ !

पूर्वराजा ज्ञानेन्द्र शाह पनि पुगे पशुपतिनाथ
‘पशुपतिनाथले सबैको कल्याण गरुन’ भन्ने प्रार्थना गर्नकालागी !

ओलीलाई माधव नेपालको जवाफ – ‘सक्नेले प्रधानमन्त्रीबाट हटाउँछन्, उहाँले पनि मलाई हटाएकै हो’
रिस बाँकी भएर फ्लोर क्रस गरेको बुझ्नुपर्‍यो हामीले !

नेपालको सडक मर्मतमा नयाँ प्रविधि भित्र्याउँदै एमसीसी
अमेरिकी गैँडालाई नेपालको बिग्रेको सडकमा हिँडाउन भएन नि त !

‘एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बँच्यो’ : प्रचण्ड
यो एमसीसी पनि कस्तो कस्तो – कहिले राष्ट्रघाती, कहिले राष्ट्रको हितमा !

‘छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं’ – सरकार
दिए पनि खेल अमेरिका र चीनको हो, हामी दर्शकदिर्घामा बसिरहेका हुनेछौँ !

‘पश्चिमा प्रतिबन्धले रुसलाई तेस्रो विश्व युद्धतिर धकेलिइरहेको छ’ – बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकाशेन्को
ए त्यस्तो पो हो र ! हामी त पुटिनलेचाहिँ धकेलेको भ्रममा रहेछौँ !

रुसी सेनाको घोषणा – ‘आम नागरिकहरूले स्वतन्त्र रुपमा किभ छोड्न सक्छन्’
युक्रेन कब्जा गर्ने सोचले गर्दा आम नागरिकलाई आफ्नै मानेको !

एमसीसीबारे चीनको प्रतिक्रिया : ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौं’
ध्यान त अमेरिकाले दिएकै थियो होला, चीनबाट अलि फरक आस गरिन्छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com