युट्युबलाई व्यवस्थित गर्ने प्रयास : स्ट्रगलट्युबर दंग, भाईरलट्युबर झसंग !

प्रकाशित मिति: २४ फाल्गुन २०७८, मंगलवार १०:५४

‘एमसीसी विवाद समाधान गरेर पार्टीलाई एकतावद्ध गर्‍यौं’ : प्रचण्ड
नारायणकाजीको असहमति !

‘स्थानीय चुनावमा ठूलो सफलता पाउँछौं’ : माधव नेपाल
त्यसो भनेर कहाँ हुन्छ, कसैले त हार्नुपर्‍यो नि !

‘युक्रेनमाथि रुसी आक्रमणले विश्वशान्ति खल्बल्याउँछ’ : परराष्ट्रमन्त्री खड्का
नेपालीहरुलाई खल्बलिएको शान्तिको बानी परिसकेको !

भारतीय नागरिकको उद्धारमा मोदीले मागे युक्रेनी राष्ट्रपतिसँग सहयोग
राष्ट्रपतिले “युक्रेन कि रुस” भनेर सोध्दा मोदीले भने – “अभि नहीँ कह सकते !”

‘माग पूरा नभएसम्म युक्रेनमा आक्रमण रोकिन्न’ : पुटिन
‘देश गरीब होस् तर आक्रमण रोकिन्न, कि म छुइन कि त्यो छैन !’

प्रहरीको खोजीपछि युट्युबर भागाभाग, २१ युट्युब च्यानल र सञ्चालकविरुद्ध मुद्दाको तयारी
ति २१ का बारेमा भिडिओ बनाउन अर्को २१ युट्युब च्यानल लागिपरेको !

‘प्रचण्ड, माधवलाई हामी जिताउँछौँ’ : शेखर कोइराला
अघिल्लो दुईतिहाइको सरकार पछि अब अर्को दुईतिहाइको सरकारको कल्पना !

‘एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि सिट ल्याउँछौँ’ : एमाले सचिव महासेठ
यो सब ओलीलाई फेरी प्रधानमन्त्री बनाउने षड्यन्त्र हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com