हेलिकप्टरमा चन्द्रागिरी, पैदल धवलागिरी!

प्रकाशित मिति: १० चैत्र २०७८, बिहीबार १३:२८

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर चन्द्रगिरि
प्रधानमन्त्री भएकाले हेलिकप्टर नै चढे, केबलकारको मजा लिन चाहेनन् !

‘युक्रेन संकटको मुख्य दोषी अमेरिकासहितका पश्चिमी मुलुक’ – अमेरिकी राजनीतिशास्त्री
पुटिनलाई अलिकति भएपनि दोष दिँदा केही बिग्रिँदैन !

कोइराला समूहको निष्कर्ष- ‘अब पार्टीमा भाग माग्ने, नदिए सशक्त प्रतिरोध गर्ने’
कोइराला हुनु भनेको कांग्रेस हुनु भएकाले सशक्त प्रतिरोध गर्ने तर पार्टी-रोध नगर्ने !

‘ओलीका अपराधहरू जनतामाझ लैजानुपर्छ’ : माधव नेपाल
जनताको माझमै बालुवाटारबाट बालकोट पुगेका ओलीको अपराध जनतालाई फरक पर्दैन !

केपी ओलीले भने – ‘यत्रो तीन करोड जनता छन्, किन चाहियो वाम एकता?’
बाम एकता चाहिएन तर तीन करोड जनताबाट ‘आम’ एकता पाइएन !

विमानस्थलमा आफन्त कुर्न आउनेले एक सय तिर्नुपर्ने, के भन्छन् कुरूवाहरू?
कुरुवाहरु बोल्न पनि पैसा तिर्नुपर्ने दिन कुरेर बस्छन् !

‘विदेशबाटै माओवादीलाई भोट मागिदिनुहाेस्, यो हतियारबिनाको ब्याटल हो’ – प्रचण्ड
विदेशमा हुने नेपाली सबै माओवादी हुन्छन् भन्ने यो आशबाद हो कि मुर्खता हो ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com