उता वाङ जानु भो, यता वाङ खानु भो !

प्रकाशित मिति: १४ चैत्र २०७८, सोमबार १५:१९

एमालेको आरोप : ‘सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गर्‍यो’
त्यस्तो निर्णय गर्ने पनि नेपाल सरकार, संसद विघटन गर्ने पनि नेपाल सरकार !

ओली ननिस्किँदै चिनियाँ विदेशमन्त्री भेट्न प्रचण्ड मेरियट पुगे
एक चिनियाँसँग माओको बारेमा कुरा गर्न उत्साहित भएर उनी छिटो पुगेका !

‘रावण, कंश र हिटलरले गरेका कुकृत्यहरुको तुलना केपी ओलीसँग गर्नुस्’ : माधव नेपाल
ओलीकै खेदो मात्र गरिरहने माधव नेपाललाई एउटा आम फेसबुक प्रयोगकर्तासँग तुलना गर्नुस् !

‘नेताहरु धर्मको बिर्कोभन्दा रक्सीको बिर्को खोल्न मस्त छन्’ : निखिल उप्रेती
रक्सीको बिर्को खोल्न मस्त भएका नेताहरुले भने – ‘फिलिमको हिरोलाई यो कुरा कसरी थाहाभयो ?’

‘गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री पाएको छ, चुनावमा पनि कायम राख्नुपर्छ’ : सुजाता कोइराला
कांग्रेसलाई फाईदा भएको छ भने त गठबन्धन कायम राख्नै पर्‍यो नि !

‘आर्थिक राष्ट्रवादमा गएनौँ, एक इन्च जमिन छोड्दिनँ भन्ने राष्ट्रवादमा लाग्यौँ’ : बाबुराम भट्टराई
आर्थिक समस्या त रहिरहन्छ, एक इन्च जमिन छोड्यो भने त गइगो नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com