माधव नेपाल टर्कीतिर, ‘कालिज त पाए पो खाउन्’- केपी ओली, प्रचण्डले भने- ‘अस्ट्रिच चाहिए यता आउनोस्!’

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलवार १२:१९

गठबन्धन गरे सबै सिट जित्छौँ : प्रधानमन्त्री देउवा
ओलीको अडान – ‘गठबन्धन गरे पनि सबै सिट जित्छौँ’ !

प्रचण्डले भने – ‘गठबन्धन टुटाउन चलखेल भइरहेका छन्, यो चुनावबाट रेकर्ड राख्छौं’
पाँचवटा पार्टीले चुनाव जितेर राखिने रेकर्ड कस्तो हुन्छ ?

‘माओवादी र समाजवादीलाई मत दिएर ओलीलाई साइजमा राख्नुपर्छ’ : रामचन्द्र पौडेल
कुर्सीमा बस्दा पनि नबस्दा पनि उत्तिकै डरलाग्दो, के हो ?

‘राजावादीसँग भेटेर ओलीले खतरनाक योजना बनाइरहेका छन्’ : अध्यक्ष नेपाल
राजावादीसँग भेट्ने कुरा थाहा भएको अध्यक्षलाई त्यो ‘खतरनाक योजना’ के हो पनि थाहा होला, बताइदिनुपर्‍यो !

बेलायतमा देशभर चप्पलको चरम अभाव
नयाँ उखान – कहीँ नभएको अभाव बेलायतमा !

बाइडेनको भाषणले रुस आक्रामक
अहिले भएभन्दा कति आक्रामक हुन्छ होला र ?

माधव नेपाल टर्कीतिर !
ओलीले भने- ‘कालिज त पाए पो खानु !’

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com