‘प्लेन काण्ड’बारे ऋषिको धमलीकरण : ‘छ नि आजको दिनमा; ठेल्नेको ठेलठालपनि भाईरल हुन्छ, नठेल्नेको टिकटकपनि बन्दैन, जनता झेल्न चाहान्छन् मलाई !’

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार १०:३८

हिजो एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष आज फेरि माओवादीमै फर्किए
माओवादीबाट एमाले हुन मात्र समय लाग्ने हो, पुन: माओबादी हुन त एक दिनको कुरा हो !

‘स्वार्थीहरुले मधेसविरोधी भनेर हल्ला चलाए’ : ओली
स्वार्थीहरुले त नेपालविरोधी भनेरै हल्ला चलाएका छन् नि !

मधेशमा मत तान्ने ओली ‘ट्रिक’ : ‘हलो जोत्न आउँछ, भैँसी चराएको हुँ, ‘कुलमान लोडसेडिङका पिता हुन्’
साधारण भाषामा ओली ‘ट्रिक’ – उखान टुक्काको प्रयोग र जसको पनि आलोचना !

‘व्यापार घाटा धेरै छ, सरकारले रेल-वे बनाउन सक्दैन’ : प्रधानमन्त्री देउवा
पहिलाको सरकारले कम्तीमा रेल-वे बनाउने सपना त देखाउँथ्यो !

सत्ता गठबन्धनमा रामचन्द्र पौडेललाई एकपछि अर्को जिम्मेवारी
नेपाली कांग्रेसको वरिष्ठ नेता मात्र भएर त कति दिन बस्नु !

अनुमति बिना सार्वजनिक स्थलमा चुनावी कार्यक्रम गर्न रोक
कार्यकर्ताहरुले भन्छन – ‘हामीले पार्टीको अनुमति पाएका छौं’

श्रीलङ्कामा राजपक्षेको सरकारलाई झट्का : एक दिनअघि अर्थमन्त्री बनेका अलीले दिए राजीनामा
केही गर्न सक्छु भनेर पदमा, केही गर्न नसकिने देखेर राजीनामा – स्वभाविक हो !

विमानमा ‘प्रोटोकल’ उल्लंघन गरेका ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरणले कारवाही गर्ने
धमलाले ‘प्रोटोकल’ उल्लंघन किन गरे जनताले जान्न चाहेको, आज खुलासा गराइदिन माग !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com