प्रधानमन्त्री र मन्त्रीले पार्टीकालागि भोट माग्न नपाउने, भोटको साटो ‘मत’ माग्ने नठबन्धनको निर्णय !

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहीबार ११:१३

‘गठबन्धन सरकार कुहिसकेको छ, आफैं झर्छ’ : ओली
आफैं झर्छ, ओली सरकारलाई जस्तो जबरजस्ती गर्नु पर्दैन !

‘मासु-भात खाएर भोट दिँदा जनताले दु:ख पाए’ : राजेन्द्र लिङ्देन
दु:ख पाए तर मासु भात खान पाए, त्यसरी हेर्नुपर्यो !

एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई साइबर सर्कलले १ लाख दिने
यस पुरस्कारकालागि अहिले साइबर सर्कल १ लाखको खोजीमा !

प्रचण्डको निर्देशन : ‘इँटको जवाफ पत्थर’ले दिनुपर्छ
नेपालमा त इँट्टाको जवाफ ढुङ्गाले दिनुपर्ने हो !

प्रधानमन्त्री र मन्त्रीले समेत पार्टीका लागि भोट माग्न नपाउने
अहिले प्रधानमन्त्री नरहेकाले सो नियम मान्दै ओली देशभर भोट माग्नमा व्यस्त !

कुलमान भन्छन् : ‘उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे’
चुनावअघिको समय भनेको उद्योगीले राजनीति गर्ने र राजनीतिज्ञले उद्योग गर्ने समय हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com