‘फोहोर मैलाबाट गुण्डा र मन्त्री  उत्पादन गरौं !’ – सर्वदलीय समिति

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार ११:५८

‘फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौं’ : प्रधानमन्त्री देउवा
पहिला फोहोर व्यव्स्थापन गरौँ अनि बिजुली र ग्यास उत्पादन गरौँला !

जग्गा दिने प्रलोभनमा गाउँलेलाई ५ सय रुपैयाँको रसिद
जग्गा पाइएन भनेपनि पाउने आस देखाउने रसिद पाएको खुशीयाली मनाउँदै गाउँले !

मानिसलाई किन मनपर्छ रक्सी ? ‘मातेका’ बाँदरलाई हेरेर वैज्ञानिकले अनुसन्धान गर्ने
मातेका मानिसलाई नै हेरेर अनुसन्धान गरेको भए वैज्ञानिकले दुख पाउँदैन थिए !

निर्वाचन आयोग पुगेरै एमालेले पोख्यो असन्तुष्टि, के केमा छ आपत्ती?
आफ्ना हरेक भाषणमा ओलीले आपत्तिहरु त होलान् नि !

भारतमा पति–पत्नीले एक अर्काविरुद्ध दर्ता गराए ६० केस, न्यायाधीश नै रमाए !
न्यायाधीश रमाउन् भनेर नै केस दर्ता गराएका पति–पत्नीको निस्वार्थता देखेर उनीहरुलाई पद्मभूषण प्रदान गर्न माग !

अमेरिकी सभामुखले ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी
सभामुखले चीन भ्रमण नगर्ने भएपछि रिसले धम्की दिइएको, फकाउने काम जारी !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com