अर्थमन्त्री-गभर्नरको दोहोरी : तिम्रो मयाँले पिर दियो, तिम्रो छायाँले चिरदियो !  

प्रकाशित मिति: २६ चैत्र २०७८, शनिबार १६:०९

अर्थमन्त्री-गभर्नर दोहोरी : देशमा आर्थिक संकट आउने संकेत कि राजनैतिक खिचातानी ?
अर्थमन्त्री-गभर्नरको दोहोरी : तिम्रो मयाँले पिर दियो, तिम्रो छायाँले चिरदियो  !  

‘सिंगै एमाले प्रचण्डको हातमा जाने भयो भनेपछि केपी गुटले अट्याक गर्‍यो’ : प्रचण्ड
उनले थपे – ‘त्यसैले अट्याकबाट बच्न म आधा नेकपा लिएर हिँडे’

माधवलाई ओलीको चुनौती – ‘संसदीय चुनावमा ३ सिट ल्याएर देखाउ त !’
चुनौती नै दिने भए एक सिट ल्याएर देखाउ भन्दा भैहाल्थ्यो नि !

लिङ्देनले भने- ‘हामीलाई साथ नदिए देश श्रीलंका र युक्रेन बन्छ’
युक्रेन बनाउने त छिमेकी हो, राप्रपा कोसंग कुरा गर्दैछ हँ ?

‘एमालेको सूर्य चुनाव चिह्नमा राप्रपा नेपालले निर्वाचन लड्न सक्छ’ : कमल थापा
‘तीरको निशाना एउटामात्र हुने तर सुर्यले सबैलाई पोल्न सक्ने भएर’ – ओलीको शैलीमा उनले भने

वैज्ञानिकको दाबी : च्याउले गर्छन् एक अर्कासँग कुराकानी
टिपेर नपकाउन्जेल त हो नि कुराकानी गर्ने !

संयुक्त राष्ट्रको मानवअधिकार परिषद्बाट रुस निष्कासित : ‘पश्चिमी देशको प्राथमिकताका आधारमा निकालिएको रुसको आरोप’
रुसले त आरोप लायो भने मानवअधिकार परिषदको झन कति आरोपहरु होलान् !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com