‘श्रीलंकाको बाटोमा नेपाल’ – ओली, ‘नेपालको बाटोमा भारत’ – देउवा

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलवार ०९:३६

ओलीको दावी : ‘नेपाल श्रीलंका बन्दैछ, वृद्धभत्ता नदिए अनौठो नमान्नुहोला’
आफु पनि वृद्ध नै भएपछि वृद्धभत्ता नपाए अनौठो मान्ने कि नमान्ने !

‘एमसीसी पास गर्दा सरकारले अनौठो तमासा देखायो’ : एमाले
एमसीसी पास गर्ने-नगर्ने, कसले चाहिँ तमासा देखाएन र !

‘मन्त्रीहरूले चुनावका लागि खुलमखुला पैसा मागिरहेका छन्’ – डा. खतिवडा
खुलमखुला पैसा मागेर मात्र समस्या भएको हो, गोप्य रुपमा माग्दा केही हुँदैन थियो !

‘राप्रपालाई असफल हुने छुट छैन’ : राजेन्द्र लिङ्देन
चुनाव जित्यो भने छुट पाउन सक्छ !

‘रुसी आक्रमणको निसाना सम्पूर्ण युरोप हो’ : जेलेन्स्की
‘निसानामा त अमेरिका पनि छ, महासागरले छुट्ट्याएर मात्र हो’ – पुटिन

उत्तर कोरियाले बाइडेनलाई भन्यो – ‘बुढो र कमजोर’
त्यो त बाइडेन विरोधी अमेरिकीहरुले २०२० देखि भनिरहेकाछन् !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com