नेपाल कम्युनिस्ट पार्टी (थाप्रपा) कि राष्ट्रिय प्रजातन्त्र पार्टी (एमाले) ?

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार १३:१९

‘देशैभर आफ्नो सामर्थ्यले चुनाव लड्छौं’ : लिङ्देन
‘हामी जित्न तयार छौं । तर, त्यो भन्दा बढी हार्न तयार छौं !’

डा. केसीले पाँच बुँदे माग राख्दै भने : ‘जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्छु’
यस्तो पो हो त धम्की भनेको !

‘आगामी चुनावमा बहुमत ल्याएर एमालेले ५ वर्ष सरकार चलाउँछ’ : ओली
५ वर्षमा नेपाललाइ भ्युटावरको देश भनेर चिनाउने प्रतिबद्धता !

‘यो मुलुकको परिवर्तनको वाहक माओवादी नै हो’ : प्रचण्ड
कामरेड २०६५को अभिव्यक्ति अहिले दिंदै हुनुहुन्छ !

कमल थापाले भने – ‘राप्रपा नेपाल युवाहरूको पार्टी हो’
थापाले आफुलाई भने युवा नेता, सोधे – ‘मेरो जोवन कसले लाने हो ?’

काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए पाँचसय जरिबाना
नकुहिने फोहोरलाई पनि कुहाउन सुरु गर्दै काठमाण्डौबासी !

तस्बिर – सामाजिक संजाल

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com