आक्रोसमा उम्मेदवार : रिस उठ्दा भुस कुट्ने कि खाँबाे चिथोर्ने !

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार ११:११

‘अब मुख हेर्ने होइन, रुख हेर्ने हो’ : महामन्त्री शर्मा
अब ‘को सद्दे छ’ हेर्ने होइन, ‘कोसंग पद्य छ’ हेर्ने हो !

कुनै बेला खान मिल्थ्यो फेवातालको पानी, अहिले यति विघ्न फोहोर !
बागमतीको बारेमा भनेँ भने त तपाइँ छक्कै पर्नु हुन्छ !

‘काठमाडौंको मेयरमा महिला ल्याउने अवसरबाट नचुकौँ’ : गगन थापा
ति महिला कांग्रेस कै हुनुपर्ने जरुरी छ कि छैन ?

‘ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे’ – माधवकुमार नेपाल
उनले थपे – ‘यति ग्रुपसंग मिलेर भ्रष्टाचार गरे, कुरै नगरौं !’

इलोन मस्कका तीन ट्वीट् : ‘कोकिन मिसाउन कोकाकोला किन्दैछु, ट्वीटरलाई रमाइलो थलो बनाऔं’
मस्कले ट्विट गर्दै जाँदा उनको आफ्नो ट्विटर रमाइलो भैरहने !

केशव स्थापितको बचाउ गर्दै ओलीले भने : ‘चुनाव आयो कि मिटू !’
मिटू त पाँच वर्ष पुरानो हो, त्यो भन्दा अगाडिको चुनावमा पनि आएको थियो र !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com