नाङ्गा उम्मेदवारका बाङ्गा भाषण !

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार १०:१६

अन्य दलका उम्मेदवारप्रति ओलीको टिप्पणी : ‘चर्चा गर्न लायक नै छैनन्’ !
‘त्यही भएर आलोचनामात्र गर्छु’ !’

‘सरकारले कमिसनको लोभमा अर्बौंको औषधि खरिद गर्दैछ’ : ओली
लाखौँ होइन, करोडौं नि होइन, अर्बौंको कुरा गरेपछि होला नि त !

निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाएको भन्दै पोखराका अशोक खड्का पक्राउ
निर्वाचन पछि धम्की दिनुको केही अर्थ नरहेको खड्काको भनाइ !

‘पाँच वर्षसम्म हामी जिउँदा छौं कि मरेका कुनै नेताले मतलब राखेनन्, अहिले रक्सी-मासु बाँड्दै हिँडेका छन्’ – दलित समुदाय
नेताहरुले भने – ‘जे दिन सजिलो छ त्यही बाँड्ने हो नि’

‘मेयर भएको भोलिपल्टबाटै नागरिकको सेवामा लाग्छु’ : केशव स्थापित
शुक्रबारको दिन मेयर बनियो भने त गाह्रो हुने भो !

युद्धकै बीच सगरमाथा चढ्न आइन् युक्रेनी महिला
युक्रेनमा मारिने डरले संसारको सबैभन्दा अग्लो शिखर चढ्न प्रेरणा !

बेलायती संसदमा अश्लिल भिडियो हेरेको भन्दै छानबिन
बेलायती संसद धेरै भद्र भएर अल्छी लागेजस्तो छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com