आमसभास्थल डुबानमा, प्रकृतिले षडयन्त्र गरेको आरोप, वर्षासँग स्पस्टिकरण लिईने!
प्रकाशित मिति: 5 May, 2022 12:00 pm
‘ठूलो हुन जे पनि गर्ने एमाले क्यारेक्टरले दबावमा पर्यौं’ : गगन थापा
सत्तामा नहुँदा पनि दिनसक्ने कस्तो दबाव त !
आउँदो निर्वाचनमा पाँचै दललाई एकैपटक ‘कर्याककुरुक’ पार्छौं : ओली
कर्याककुरुक पार्न खोज्दा आफ्नै ढाड खुस्किन सक्ने तिर ध्यान नभएको !
सामाजिक सञ्जालका कारण खस्कियो झण्डाको व्यापार
झण्डा फहराउने मात्र हो, सामाजिक सञ्जालमा फैलाउन मिल्ने भएर !
‘म महिलामैत्री हुँ, त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ’ : केशव स्थापित
किनभने महिलासँग धेरै फोटो हुनु भनेको नै महिलामैत्री हुनु हो !
‘राप्रपाले जितेका पालिकामा विकासको लहर ल्याउँछौँ’ : लिङ्देन
धेरै पालिकामा विकासको लहर आउला जस्तो छैन !
राजेन्द्र लिङ्देनको आग्रह : ‘भोट दिँदा हजार पटक विचार गर्नुस्’
त्यस्ता केही सोचहरु – मासु कसले ख्वायो, रक्सी कसले पिलायो, भोट माग्न को आए, आश्वाशन कसको राम्रो थियो !
एमालेबाट राजीनामा दिएका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे गीत
गीतको बोल रहेको छ – ‘पार्टी प्रवेश गरौँ कि नगरौं’
बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
एक दिनको लागिमात्र बुद्धको जन्म नेपालमै भएको मान्न तयार !
अध्ययनको दाबी : ओस्कार जित्नेहरु अरु कलाकारभन्दा पाँच वर्ष बढी बाँच्छन्
पुरस्कारमा के मिसाइएको छ भन्नेबारे अनुसन्धान सुरु !
*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.