मलेसिया लानेको महलमा जानेको भिड, भिसा फ्रि, टिकट फ्रि, गफ फ्रि !

प्रकाशित मिति: २५ बैशाख २०७९, आईतवार १२:१५

झुटो सपना देखाएर ओलीले जनतालाई झुक्याए’ : मन्त्री झाँक्री
ओलीले झुटो सपना देखाएका हैनन्, भोट मागेका हुन् !

‘एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवलबासीलाई’ : प्रधानमन्त्री देउवा
एमसीसी विरोधीहरु बुटवल विरोधी भएको पुष्टि !

भयरहित वातावरणमा निर्वाचन गराउन सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी
मिथ्या समाचार फैलाउने बेला कहाँ भयरहित वातावरणको कुरा गर्नु भएको !

‘कांग्रेसले जिते सुकुम्बासी र पहिरोको समस्या तत्काल समाधान हुन्छ’ : रामचन्द्र पौडेल
दैवी प्रकोपको समस्या समाधान गर्नलाई स्वर्गलोकसंग गठबन्धन गर्नु जरुरी छ !

‘पराजित हुने भएपछि एमालेका मान्छेले हिन्दू-मुस्लिमका कुरा उठाउने षड्यन्त्र गर्दैछन्’ – प्रचण्ड
जाबो धर्मको कुरा उठाउन पनि के षड्यन्त्र गर्नु, उठाउनेले उठाइहाल्छन् नि !

बिवाहमा मोटरसाइकल दाइजो माग्‍ने बेहुला ‘डेबिट’ समातिए
नेपालमा पहिलो पटक ‘डेबिट’बाट ‘क्रेडिट’ लिने घटना !

चुनावपछि वडाका ६/७ जनालाई मलेसिया लगिदिने आरजुको आश्वासन !
चुनावपछि मुसाले भन्यो- ‘मातेपछि के भनिन्छ, भनिन्छ नि । हैन त भाउजु !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com