मौन अवधीमा बोल्न पाईँदैन, सोच्न सकिन्छ !

प्रकाशित मिति: ३० बैशाख २०७९, शुक्रबार ०६:३७

प्रधानमन्त्रीको गाउँमा शेरबहादुर नै शेरबहादुर, देउवा थरका मात्रै १३ जना
संयोगवश १३ जनाकै भाग्यमा ७ पटक प्रधानमन्त्री बन्न सक्ने लाभ !

काठमाडौंका मेयर उम्मेदवारलाई नै थाहा छैन भोट हाल्ने तरिका
आफ्नो मत आँफै बदर गर्न खोजेको भनेर उम्मेदवारले लाए आँफैलाई आरोप !

प्रचण्ड मौन अवधिमा माडी गएको भन्दै एमालेले गर्‍यो आलोचना
आलोचनासंगै बोल्ने ठाउँ खोजिरहंदा पाएकोमा जनाए खुसी !

भारतको अदालतमा प्रहरीले भन्यो – ‘हत्याको सबुत प्रमाण बाँदरले चोर्‍यो’
बानर सेनाको विरुद्ध भारतीय सेनालाई गरियो तैनाथ, भनियो जय बजरंग बली !

अमेरिकामा कुखुरा मारिएकोले पूरै सहर स्तब्ध, प्रहरी अधिकारीमाथि कारबाहीको माग
सो घटनाले अमेरिका एउटा विकसित राष्ट्र भएको पुन: पुष्टि !

नासाका पूर्व प्रमुख वैज्ञानिकको दाबी – ‘एलियनसँग चाँडै भेट हुन सक्छ’
फिलिमहरुमा जस्तै ती एलियनहरु अमेरिकामामात्र आउने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com