‘बालेन’ ‘बालेन’ भन्थे, किन बालेन ? बाले त…आशाको दियो !

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार १३:०७

माओवादीको निष्कर्ष : आन्तरिक कमजोरीले कम सिट जितियो
भोट भने बाह्य शक्तिले गर्दा नपाएको !

‘लोकप्रिय भोटमा एमाले एक नम्बर पार्टी छ’ : ओली
लोकप्रिय अध्यक्ष भएको पार्टीले लोकप्रिय भोट पाएको हुनसक्ने !

जापानमा मानिसबाट कुकुर बन्न १९ लाख खर्च
जापान – जहाँ कुकुर बनेर जन्मिनु र कुकुर भएर निस्किनुमा फरक छ !

एलजीले ल्यायो २४ हजार रुपैयाँको मास्क, श्वासप्रश्वासको हिसाब राख्ने, हावा सफा गर्ने
मुल्य सुन्दा उपभोक्ताले भने – हावा कुरा गर्ने !

अब के गर्नुहुन्छ भन्नेलाई रवीन्द्र मिश्रको जवाफ – ‘मन लाग्यो भने सिनेमामा अभिनय पनि गरूँला!’
इतिहासले मिश्रलाई भन्नेछ – राजनीतिबाट चलचित्रमा छिर्ने पहिला नेता

काठमाडौमा बालेन साह मेयर र सुनिता डंगाेल उपमेयर 
‘बालेन’ ‘बालेन’ भन्थे, किन बालेन,  बाल्यो त…आशाको दियो ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com