गणतन्त्र दिवसको शुभकामना : गण यता तन्त्र त्यता, दिवस कता ?

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आईतवार १२:००

‘ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ’ : प्रचण्ड
अर्थात – ओलीबाहेकका सबै नेतालाई काँचै खान सकिन्छ !

‘संसद्‌मा ओलीले दिएको अभिव्यक्ति गन्थनमात्रै हो’ : महामन्त्री थापा
यससँगै संसदलाई भलाकुसारी गर्ने थलो बनाउन नेताहरु को जोड !

‘एक वर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुन्छ’ : कृषिमन्त्री
एक वर्ष भित्र नेपालको सबै खेतमा कृषिमन्त्रीले नै बाली लगाउने योजना !

एमालेको विरोधलाई तालाचाबी, दानवीर बलीलाई ‘दानवीर ओली’ र बलिदानलाई अब ‘ओलीदान’ बनाउन माग
माग पुरा भए लाखौँ शब्दकोश खेर जान्छ भनेर प्रज्ञा प्रतिष्ठानको आपत्ति !

सुनसरीमा ‘मेड इन यूएसए’ लेखिएको पेस्तोलसहित तीनजना पक्राउ
नेपालमा भेटिएको भएर साँच्चै ‘मेड इन यूएसए’ हुन नसक्ने प्रहरीको दाबी !

ओलीको तीन घण्टे सम्बोधनको विरोध : प्रधानमन्त्रीलाई ६ घण्टा बोल्न एमालेको चुनौती
प्रधानमन्त्रीले चुनौती स्वीकारे ६ घण्टा बोलेको बुझ्न १२ घण्टा लाग्छ भनेर सांसदहरुमा त्रास !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com