शिर्ष नेता भेट्दै मेयर, जित्ने सुत्र सिक्दै शिर्ष नेता !

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार १०:३६

‘नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो’ : अर्थमन्त्री
त्यसैले थोरै भत्ता दिएर जिउँदै मार्नु हुँदैन भन्ने निचोड !

‘गठबन्धनभित्रै अर्को गठबन्धन बनेछ’: उपेन्द्र यादव
त्यसलाई गठबन्धनभित्रको गुटबन्धन भनिन्छ !

१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार दिने
१२ पछि राम्रो विषयमा बिए, एमए गरे ५० हजारभन्दा बढी प्राप्त हुने !

टर्की देशको नाम अब टर्किये हुने
बाबुआमाले टर्कीलाई सानैदेखि ‘टर्किये’ भनेर बोलाउने गरेको !

आयो गज्जबको स्मार्टफोन, एकपटक चार्ज गरेपछि ९४ दिनसम्म ब्याट्री टिक्ने !
चार्जर हराएपनि ३ महिनासम्म मतलब नहुने !

शिर्ष नेता भेट्दै मेयर
मेयर बन्ने शुत्र सिक्दै शिर्ष नेता !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com