देशभित्रै भेटियो मलको प्राकृतिक खानी, दिमागमा मल भरिएका नेताको सुची तयार पार्दै कृषि मन्त्रालय !

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहीबार ०९:३९

‘सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौं रकम चाहिन्छ’ : गगन थापा
पूरा गर्नभन्दा वाचा मात्र गर्न सस्तो, वाचा गरिरहने वाचा !

मन्त्री आलेको आक्रोश – ‘आफ्नै पार्टीभित्रका केही चिप्ले ‘चोरहरू’ प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन्’
आफ्नै पार्टीकाहरुलाई कहाँ चिप्ले चोर भन्न पाइन्छ त !

फोहोर फाल्न स्थानीयको अवरोधपछि प्रहरीको धरपकड, सुरक्षाकर्मी परिचलान गरेर बञ्चरेडाँडा लगियो गाडी
‘हामी फोहोर फाल्न आएका हौँ, फोहोर फालेरै जान्छौँ’ भन्ने नारासहित !

चीन अमेरिका वाकयुद्ध : एक अर्कालाई ‘बलपूर्ण कूटनीति’ अपनाएको आरोप
दुबैको आरोपपछि कम्तीमा एउटाले ‘बलपूर्ण कूटनीति’ अप्नाएको हुनसक्ने !

मल छ भनौं-
जनताको खेतबारीमा मल छैन
मल छैन भनौं-
नेताको दिमागमा मल बाहेक केही छैन ।
-अर्जुन पराजुली

(तस्विर : सामाजिक संजाल)
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com