अमेरिका भ्रमण र एसपीपीबारे परराष्ट्रमन्त्रीको स्पष्ट शब्दमा जवाफ- प्रधानमन्त्रीको भ्रमण ‘छिप्रीपुङ्’ हुनेछ, एसपीपी सम्झौता ‘काङ्ग्लातुम्बी’ हो !

प्रकाशित मिति: १ असार २०७९, बुधबार १२:११

माधव नेपालले औंल्याए गठबन्धनको ७ समस्या : गठबन्धनभित्र उपगठबन्धन गरियो
गठबन्धनभित्रको उपगठबन्धनको विरोधमा अर्को उपगठबन्धन गठन गरिँदै !

एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउने
हेडलाईन अगाडि ‘महिनौँको संसद अवरोधपछि’ लेख्न बिर्सेछन् !

‘अहिले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी छैन’ : शिक्षामन्त्री पौडेल
तालाबन्दी नभए पछि चोर पस्ला भन्ने चिन्ताले विश्वविद्यालयमा तनाव !

डेढ वर्षमा १० लाखलाई रोजगारी दिने मोदीको घोषणा
भने – ‘राहुल गान्धी बेरोजगार भएर नेपालमा छुट्टी मनाउने गएका हुन् !’

एमालेले भन्यो – ‘अर्थमन्त्री पदमा बस्न मिल्दैन, प्रधानमन्त्रीको जवाफ चाहिन्छ’
‘पदमा बसेको छैन, स्टेजमा उभिएर घोषणा गरेको हुँ’ – अर्थमन्त्री

अमेरिका भ्रमण र एसपीपीबारे परराष्ट्रमन्त्रीको अस्पष्ट जवाफ
अमेरिका भ्रमण र एसपीपीबारे परराष्ट्रमन्त्रीको स्पष्ट जवाफ- ‘प्रधानमन्त्रीको भ्रमण ‘छिप्री पुङ्ग हुनेछ,
एसपीपी सम्झौता ‘काङ्ग्लातुम्बी’ हो !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com