मन्त्रीको आँशुमाथी जनताको कविता : ‘मंत्रीघर तिम्रो होईन पार्टी घर जाउ, नियुक्ति लिई कहिलेकाहीं सिंहदरबार आऊ !’

प्रकाशित मिति: १३ असार २०७९, सोमबार १२:३०

‘कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थले बजेट दिएन’ : शिक्षामन्त्री
निजिले हुँदैन भनेपछि अर्थले नदिएको हुन सक्ने !

‘मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु’ – माधव नेपाल
‘एस’का अध्यक्ष हस्ताक्षर गर्न ‘कलम’को खोजीमा !

वाम तालमेलमा कति सफल होलान् वामदेव ?
बामकै देव भएपछि असफल हुने कुरै हुँदैन नि !

‘केपी ओलीले विदेशीहरुको हितमा काम गर्न थालेपछि पार्टीमा विद्रोह भयो’ : माधव नेपाल
दोस्रो अध्यक्ष नपाउँदाको विद्रोह त्यही बेलाको हो कि त्यस अघि-पछि हो ?

अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने
निबन्ध लेख्न भने अझै फेसबुक नै प्रयोग गरिने !

स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए
नुहाउन खोज्दा फिँज नआएपछि स्याम्पू नभएको पुष्टि !

रामकुमारी झाँक्री रुँदै विदा भईन, मौका मिले फेरी आउने !
‘मंत्रीघर तिम्रो होईन पार्टी घर जाउ, नियुक्ति लिई कहिले काहीं सिंहदरबार आऊ !’

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com