उल्का, अचम्म, अद्भुत, छक्क, ट्वाल्ल, सिरिङ्ग, झसङ्ग, ट्वाँ, सरप्राईज, सक्ड, हेर्याहेर्यै !

प्रकाशित मिति: १५ असार २०७९, बुधबार १६:३७

मिति : २०३७ साल, असोज
बिषय : सिनेमा सम्बन्धमा

आमाबाट प्राप्त पकेट खर्च : जम्मा एक रुप्पे आठ आना । आठ आना मध्ये दुध बरफ खाएको चार आना, चना चटपटेको चार आना । घर लगेको जुली बिस्कुटको चार आना ।

र, बाँकी रहेको बाह्र आना (७५ पैसा)मा पहिलो पटक सिनेमा हेरेको – लक्ष्मी घुम्ती सिनेमा हल (दमक)मा ।

चलचित्र हेर्दाको उमेर – ८ बर्ष । चलचित्रको नाम- ‘जीवन रेखा’ । हिरोईनको नाम- मिनाक्षी आनन्द, हिरोको नाम- शीव श्रेष्ठ ।
पहिलो पटक सिनेमा हेर्दाको अनुभव- उल्का, अचम्म, अद्भुत, छक्क, ट्वाल्ल, सिरिङ्ग, झसङ्ग, ट्वाँ, सरप्राईज, सक्ड, हेर्याहेर्यै !

पहिलो पटक पर्दामा देखेको ‘हिरो’ ‘हिरोनी’ सधैंको लागि हिरो हिरो हिरोनी ! वाल्यकालमा ती उहाँहरुसँग भेट्ने कल्पनै थिएन । तर, आज सँगै बसेर बसेर फोटो खिच्ने अवसर जुट्यो । यो पनि सानो तिनो सौभाग्य नै हो । त्यसमाथी आ-आफ्ना युगका अग्रज, समकालिन र अनुजहरुसँगै 🙏

यो अवसर जुटाउने किरण केसी भिनाजुलाई पुनः एक पटक जय जन्मदिन 🌷

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com