झलमल्ल झिलझिले : ४२ करोडको ‘किङ्डम’मा १८ बर्षे ‘राजकुमार’को रमाईलो सरकार !

प्रकाशित मिति: १० माघ २०७९, मंगलवार १६:२४

उहिले हामी ‘कैँचे लगाएर’ (डण्डीमुनी उभिएर) साईकल चलाउँदै ‘झिलेझिले बजार’ जान्थ्यौँ, साैंबारे हटिया भर्न ! नाम झिलझिले भएपनि खासै चम्किएको थिएन त्यो बेला ।

झिलझिले (शिवसताक्षी-८, झापा)को उत्तरमा पवित्र तीर्थस्थल सताक्षीधाम रहेको छ भने दक्षिणमा ऐतिहासिक हुलाकी राजमार्ग पर्दछ । पुर्वमा प्रख्यात कन्काईमाई छ भने पश्चिममा गजुरान गणराज्यको राजधानी😀(धरमपुर) पर्दछ । तर, नाम झिलझिले भएपनि यो बजार चम्किन धेरै समय लाग्यो ।

तर,आज झिलझिले बजार ‘शहर’ भएको छ । शहरसँगै झिलझिले पुर्वकै ‘ईन्टरटेन्टमेन्ट हब’ पनि बन्दैछ ।

ती मध्ये ‘वाटर किङ्डम पार्क एण्ड रिसोर्ट’ पनि एक हो । यो स्थानीय राजकुमार सङ्ग्रौलाले ४२ करोडको लगानीमा खोलेका हुन् ।

,

यहाँ किड्स जोन, सिक्स्पा पार्क, वाटर किङडम, कृतिम सुरुङ, स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड, पेन्डुलम स्लाइड, जिप फ्लाइङ, जिप साइक्लिङ, तिनतारे स्ट्यान्डर्डको होटल, अन्तरास्ट्रियस्तरको रेस्टुराँ, महिनैपिच्छे राष्ट्रियस्तरको कल्चरल शो समेत हुनेगर्छ ।

अझ गज्जबको कुरा त के छ भने, यस ‘किङडम’को शासन सत्ता (सन्चालन/ब्यवस्थापन)को सम्पुर्ण जिम्मेवारी जुनियर राजकुमार सौजनबिक्रम सङ्ग्रौलाले लिएकाछन्- जो अहिले जम्मा १८ वर्षका मात्र छन् ।

खैर, अरुकालागि त यो स्वभाविक हो । तर, त्यहीँ हुर्की, खेली, लडी, बढी, पढी गरेका हामीचाहीँ दङ्ग पर्छौँ । किनकी हाम्रो त्यस्तो झिलझिले बजारपनि यस्तो सुबिधा सम्पन्न शहर बन्दैछ, क्या बात ! लगे रहो सौजल भाइ 💪

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com