दाँत कोट्याउने सिन्का बिदेशबाट, दाँत झार्ने मुक्कामा आत्मनिर्भर बन्दै देश !

प्रकाशित मिति: २० असार २०७९, सोमबार ०८:३८

फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्यो फोहोर
कम्पनीले भन्यो – ‘फोहोर उठाउने जिम्मा मात्र लिएको हो, फाल्ने जिम्मा हैन’

भारतमा छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !
ढिलो जन्ती निकालेको भए के हुन्थ्यो, कल्पना गर्न नसकिने !

कम्युनिस्ट र कांग्रेस दुवैसँग सम्बन्ध बढाउन खोज्दै चीन
अर्थात् कम्युनिस्ट र कांग्रेसबीच गठबन्धन भए चीनले गर्दा हुने !

‘शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने हाम्रो प्रयास जारी छ’ : प्रचण्ड
हाम्रो पनि देख्ने प्रयास जारी नै छ !

महँगीको मार झेल्न नसकेर बेलायतमा श्रीमतीले भाडामा राखिन् श्रीमान्
समचार सुन्दा त नेपालको कुरा जस्तो, रहेछ बेलायतको !

दाँत कोट्याउने सिन्का पनि विदेशबाट, बाहिरियो अर्बौं नेपाली रुपैयाँ
दाँत झर्ने त स्वदेशमै पाईन्छ नि, त्यसको सदुपयोग गर्ने कि !

(Source : Social Media)

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com