‘लु’ आएपछि ‘तु’ भैहाल्ने के के हुन् ?

प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार १४:५९

देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे घर फर्कन इच्छुक
राजापाक्षेलाई सिंगापुरमै घर बनाएर बस्न श्रीलंकाली जनताको आग्रह !

बारबर्दिया नगरपालिकामा सुन पसलबाट नगद र गहना चोरी‚ सीसीटीभीको ‘हार्डडिस्क’ समेत लगे
मिल्ने भए हार्डडिस्क पनि नत्र नगद र गहनामात्र भएपनि फिर्ता ल्याइदिन माग !

अमेरिकी सहायक विदेश मन्त्री लु भोलि काठमाडौं आइपुग्ने
‘लु’ आएपछि एसपिपी ‘तु’ पास गरिएला भन्ने डर !

महँगीविरूद्ध थाल ठटाएर राप्रपाको विरोध
थाल फुट्यो भने यो महँगीमा नयाँ थाल कसरी किन्ने भन्ने बारे सोचिएन !

ठमेलको कल सेन्टरमा प्रहरी छापा, ४ जना चिनियाँ पक्राउ
धेरै पक्राउ गरेपछि प्रहरीले अब सबै चिनियाँ समाउने र कल सेन्टरमा काम गर्ने हो कि हैन भनेर सोध्ने !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com