स्वामीजी, मलाई किन ध्यान लाग्दैन ?!

प्रकाशित मिति: १५ श्रावण २०७९, आईतवार १६:१०

ध्यानमा बस्दा भिडियो पनि खिचें
समाधीमा पुगेर लाईभ पनि गएँ,
साधना गर्दै टिकटक पनि बनाएँ,
कमेन्ट पढ्दै उत्सव पनि मनाएँ !

तरपनि नेगेटिभ उर्जा भाग्दै भाग्दैन,
स्वामीजी, मलाई किन ध्यान लाग्दै लाग्दैन ?

होहल्ला गर्दै मौनता पनि साधें
सम्चार लेख्दै संकल्प पनि बाँधें
झगडा गर्दै चिन्तन पनि गरें,
साधना बस्दै कमेन्ट पनि लेखें !

जतिगरेपनि साधनाको सेल पाक्दै पाक्दैन,
स्वामीजी, मलाई ध्यान किन लाग्दैन ?!

हुल बाँधेर एकान्तबास पनि हिंडें,
फेसबुकमा लेखेर अन्तरयात्रा पनि गरें,
आत्म प्रचार गर्दै अहंकार पनि त्यागें,
सेलिब्रेटी बन्दै ‘भाइरल मेडिटेसन’पनि गरें!

तरपनि मेरो उर्जा जाग्दै जाग्दैन,
स्वामीजी, मलाई ध्यान किन लाग्दैन ?!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com