फुटेज र एम. अधिकारी नखोज्न राष्ट्रीय सहमती !

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार ०८:१२

*सुरेस किरण

पूर्व अर्थमन्त्री जनार्दन शर्माको सिसीटिभी फुटेज हराएर हैरान छ । उता एमालेको ‘एम. अधिकारी’ हराएर हैरान छ । यता विपक्षी सांसदहरु सिसीटिभी फुटेज खोज्याखोज्यै छन् । उता सत्तापक्षी सांसदतहरु एम. अधिकारी खोज्याखोज्यै छन् । यस्तो लाग्छ, नेपाली राजनीतिमा अहिले चाहिएको भनेकै सिसीटिभी फुटेज र एम. अधिकारी हो । अरु केही होइन ।

तै पनि, अहिले देशमा सर्वाधिक खोजी भइरहेको यो दुइटा कुरा कहाँ हरायो होला ? जति खोज्दा पनि भेटिएको छैन । सत्तापक्षको हराएको फुटेज र विपक्षीको हराएको एम. अधिकारी यदि भेटियो भने देशमा ठूलै हलचल मचिएला जस्तो छ । हलचल किन मच्चिन्छ भने यी दुई वस्तु भनेका यस्ता वस्तु हुन् जो हराएको होइन, हराउने पारिएको हो ।

हराएको फुटेज कहाँ छ त्यो सत्तापक्षलाई राम्रै थाहा छ, ठीक त्यसरी नै हराएको एम. अधिकारी कहाँ छ त्यो विपक्षीलाई पनि राम्रै थाहा छ । तर समस्या कहाँ छ भने एमाले एम. अधिकारी खोजिरहेको छैन, फुटेज खोजिरहेको छ । सरकार फुटेज खोजिरहेको छैन, एम. अधिकारी खोजिरहेको छ । एमालेलाई फुटेज चाहिएको छ, सरकारलाई एम.अधिकारी । जसको जे हराएको छ उसलाई त्यो चाहिएको छैन । उसलाई त अर्काको हराएको चाहिएको छ । आफ्नो हराएको नखोज्ने, अर्काको हराएको खोजी हिँड्ने । कसरी भेटिन्छ ? हैन र ?

जनआस्था साताहिकबाट

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com