‘देश डुबाउने आईडिया’ सिकाउँदै श्रीलंकाली राजापाक्ष, राजापाक्षसँग सिक्दै नेपाली ‘लाजपचे’ !

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहीबार २०:१८

श्रीलंकाका अपदस्त प्रधानमन्त्री महीन्दा राजापाक्षले अनलाईन ट्युसन पढाउन शुरु गरेकाछन् । अज्ञातस्थलबाट एक तस्वीर जारी गर्दै श्रोेतले यो जानकारी दिएको हो । श्रीलंका जनविद्रोहपछि दाई गोटावाया बिदेश पलयन भएपनि भाइ महिन्दा देशभित्रै रहेको सुचना छ ।

विश्वमै पहिलो पटक हुन लागेको यस कक्षामा राजापाक्षले ‘देश डुबाउने दश काईदा’ शिर्षकमा प्रवचन दिनेछन् । बिश्व नेता लक्षित यो कार्यक्रम अन्तरक्रियात्मक हुनेछ । देश डुबाउन चाहाने जो सुकै सहभागिता हुन सक्छन् ।

ब्राण्डवर्थ प्रालीबाट प्राप्त समाचार अनुसार, नेपाली नेताहरुकालागि पनि राजापाक्षले बिषेश कक्षा सञ्चालन गर्दैछन् । ‘राजापाक्षसँग लाजपचेहरु’ शिर्षकमा हुने यो कार्यक्रमको प्रत्यक्ष प्रशारण गजुरीयल डटकमबाट हुनेछ । कक्षा सिंहला, अंग्रेजी र नेपाली भाषामा सञ्चालन हुनेछ ।

राजापाक्षसँग को को ‘लाजपचे’हरु कक्षा लिंदैछन् भन्ने कुरा गोप्य राखिएको छ । गाईजात्राको अवसरमा प्रशारण हुने यो कक्षाले देश डुबाउन चाहाने र देश डुब्न लाग्दा सुतेर बस्ने सबैको हुर्मत लिने कुरामा आयोजकहरु ढुक्क छन् ।

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com