‘पेलोसीको ताइवान भ्रमण एक चीन नीति विपरीत’ : यो अभिव्यक्ति झलनाथको हो कि चीनको ?

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार १९:५७

‘पेलोसीको ताइवान भ्रमण एक चीन नीति विपरीत’ : झलनाथ खनाल
अभिव्यक्ति झलनाथ खनालको हो कि चीनको, पत्तो नभएको !

पदको लालसाले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : विष्णु पौडेल
कम्युनिस्ट आन्दोलनलाई प्रयोग गरेर पदमा पुगेको कसैलाई थाहा नभएको !

भारतमा युवकको पेट बन्यो खुत्रुके, शल्यक्रिया गरी निकालियो ६३ सिक्का !
युवकले भने – ‘खुत्रुकेमा ६३मात्र भयो, अलि पछि फुटाएको भए धेरै हुन्थ्यो’

‘बलिउडले मलाई धान्न सक्दैन’ भन्ने महेश बाबु हिन्दी फिल्म खेल्दै !
भोजपुरी फिल्म खेल्ने चाहना व्यक्त गर्दै भने – ‘नाम महेश बौवा राख्न तयार छु’

एकपटक चार्ज गरे ९४ दिन पुग्ने मोबाइल ! घाम, पानी, धुलो सबैमा हुने
९४ पछि चार्जर खोज्न घर तलमाथि गर्नुपर्ने !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com