चुरोट, तास र हिराको आयात खुला, हाँस्ने कि रुने ?

प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार १०:५६

बालेनको कारबाही लहर अरु सहरतिर पनि फैलिँदै !
सम्बन्धित सहरका मेयरले आफ्नो उपनाम पनि ‘बालेन’ राख्दै !

‘यो पनि चोर रहेछ भन्न तपाईंहरूलाई मौका दिन्न’: राजेन्द्र लिङ्देन
तर मौकाले मौका खोजिरहेको हुन्छ !

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस ३३ जिल्लामा मनाइने
मान्छेले गिद्धको सिको गर्न थालेकोमा आपत्ती, गिद्धद्वारा दिवस बहिस्कार गर्ने सम्भावना !

‘सई साप’को घर बनाउन प्रहरी कर्मचारीको दुरुपयोग
सई सापले भने: ‘ईन्सपेक्टर हुने लाईनमा छु’ !

पूर्वएसएसपी कांग्रेसका सर्वसम्मत उम्मेदवार सिफारिस
पुर्व डिआईजी माओवादीबाट, पुर्व आईजी एमालेबाट !

रुसमा १० बच्चा जन्माउने आमालाई १ अर्ब पुरस्कार !
‘एक गर्भ, एक अर्ब’ नारा लगाउँदै पुटिन !

चुरोट, तास र हिराको आयात खुला
चुरोट, तास र हिराको आयात खुला, हाँस्ने कि रुने ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com