‘मलाई उम्मेदवार सिफारिस नगर्नु, चुनाव लड्ने पैसा छैन !’

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहीबार १५:५८

माओवादी विरोधमा उत्रिंदा एमाले फिल्म ‘प्रकाश’को बचाउमा, दरबारम्याक्समा पुगे ईश्वर पोखरेल
विरोधमा उत्रेर माओबादीले भन्यो – ‘सत्य देखाउन पाइँदैन’, एमाले भन्छ – ‘पाइँदो रहेछ त !’

टिकटक बनाउने भन्‍दै मोटरसाइकल चोरी
सो टिकटक अहिले सम्मकै महंगो लागतमा बनेको !

जागिर लाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला झिकियो
मिर्गौला झिकेपछि पनि जागिर खान खोज्छ कि भनेर इमानदारीता चेक गरेको स्पष्टीकरण !

राजीनामा दिएका राजेन्द्र लिङ्देनलाई माओवादी सांसदको व्यङ्ग्य, भने – ‘सदनको बोझ’
प्रत्युत्तरमा लिङ्देनले पनि माओवादी सांसदलाई भने त्यही कुरा !

रुसले उत्तर कोरियाबाट लाखौं रकेट किनिरहेको अमेरिकी गुप्तचर निकायको दावी
‘दुबैको मन मिल्ने भएर मात्र किनेको हो, सक्छौ भने चीनसँग व्यापार गरेर देखाउ’ – लेफ्ट

पकौडाप्रेमी बेलायतका यी जोडी, जसले बच्चाको नामनै यही राखिदिए
बेलायती बच्चा हो, ‘सर पकौडा’ भन्न नभुल्नुस् !

माओवादी जिल्ला इञ्चार्जले भने : ‘चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नु !’
चुनावमा उम्मेदवार लड्ने होईन, पैसा लड्ने दिन आयो बरै !

कप्तान सन्दिप लामिछानेमाथी बलात्कारको आरोप : के होला अब ?
त्यही त, के होला अब ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com