बाबुरामको स्वीकारोक्ती – ‘भन्न सकिन्नँ, को को बढारिन्छौँ’, लौरोले बढार्ने हैन, भाँच्ने हाे क्या डा. सा’ब !

प्रकाशित मिति: २ आश्विन २०७९, आईतवार १०:४०

‘युवा विद्रोहको लहर छ, हामी को को बढारिन्छौं भन्न सकिन्नँ’ : बाबुराम
बिद्रोह लौरोको हो, बढारिने भन्दा पनि खुट्टा भाचिनँ सक्छ !

बालेन र हर्क लक्षित गणेशप्रसाद तिमिल्सिनाको टिप्पणीः ‘स्वतन्त्रले बोल्ने मात्र हो, काम केही गर्न सक्ने होइन’
हो, हर्क र बालेन बाहेक अरु स्वतन्त्रले त काम गरेकै छैनन् !

मोदीसँगको भेटमा पुटिनले भने–‘युक्रेन युद्ध सम्भव भएसम्म छिटो अन्त्य गर्न चाहन्छौं ’
पुटिनको युक्रेनसँग कुरा मिलेपछि संसार चकित !

‘धर्मका नाममा ढुंगा पुज्नुभन्दा मान्छेकै पूजा गरे ठीक हुन्थ्यो’ : प्रचण्ड
अझ पत्थरी भएकाहरुलाई पूजा गरे त सुनमा सुगन्ध !

‘सरकारले नागरिकतामा राजनीति गर्‍यो’ : ओली
ओलीलाई सम्झाइयो सरकारको राजनीति गर्ने अधिकार !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com