‘मतदान होइन, मत’प्रदान’ गरौं’ – प्रमुख नागरिक आयुक्त

प्रकाशित मिति: ४ मंसिर २०७९, आईतवार ११:१२

सरोज घिमिरे, प्रमुख नागरिक आयुक्त

‘दान गरेको वस्तुको हिसाबकिताब माग्न मिन्दैन । र, सम्झना गर्न पनि हुँदैन । तर, ‘प्रदान’काे एक एक हिसाब खोज्न सकिन्छ । पाईका पाई किताब बुझाउनु पर्छ ।

जनताले प्रदान गरेको नासो जतनसाथ फिर्ता गर्नुपर्छ । बिगार्नु, भत्काउनु हुँदैन । जनताले सधैँ बोक्ने उमेद्वार हैन, जनतालाई सधैँ बोक्ने उमेद्वार छान्नु पर्छ ।

कुरा धेरैका सुनियो अब निर्णय आफ्नो गर्नु छ । अहिलेसम्म मतदान गरियो तर त्यसको हिसाब खोजिएन । जनताले हिसाब नखोजेपछि दान लिनेहरु पनि दानब भए ।

त्यसैले अब मतदान हैन, मत प्रदान गर्नुछ । मत प्राप्तकर्तालाई जिम्मेवार बनाउनु छ । बहुदलीय व्यवस्था जोगाउनु छ । आज मंसिर ४, म त हिडेँ मतप्रदान गर्न अनि तपाईं ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं ! (तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com