चुनाव चिन्ह ‘मोवाईल’ पाए अरु किन रोज्ने !

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार १०:५१

-भद्रगोल किराँती
(साेलुखुम्बु) साेताङ ।

तपाइँलाई माननीय मन्त्री बन्न मन छ ? पार्टी खोल्नुस- “नेपाल आमा पार्टी” । देश भनेको आमा नै हो। देशभक्त पार्टी भैहाल्छ । हजुरआमा, आमा, भबिस्यका आमा सबै सदस्य बनिहाल्छन् ।

अविवाहित छोराहरु छन् भने बिदेशी बुहारी सदस्य थप्न गजब पाईहाल्छ। छोरा मान्छे सदस्य बन्न चाहे अप्रेसन गर्दा पनि भयो । नत्र आरक्षण कोटा भैहाल्छ।

चुनाब चिन्ह ‘मोबाईल’ हुनुपर्छ । सबैको हातहातमा हुने चिज त्यसै लोकप्रिय, प्रचारमा पनि सजिलो हुन्छ ।

मतदाता नामवलीमा नाम नछुटाइ भर्न लाउनु पर्यो। महिलाको जनसंख्या धेरै पार्टी सुपरहिट । पहिलो चुनाबमा तेस्रो दल, क्रमश: दोस्रो अनि पहिलो भैहाल्छ ।

पार्टीका नाराहरु :
नेपाल आमा पार्टी – जिन्दाबाद !
भोट केमा – मोबाईलमा !
दुई तिहाईको सरकार – बनाउछौं !
पुरुष आरक्षण देश – बनाउछौं !
संसार भरिका योग्य पुरुष देश – भित्र्याउछौं ! *डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com