‘के छ हाल खबर ?’ आफ्नो खबरको ‘ग्रेड’ पत्ता लगाउनोस हस् !

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार १४:४१

‘के छ हाल खबर ?’ अधिकांसले सोध्ने प्रश्न हो यो । सायद धेरैले दिनुपर्ने उत्तर पनि यसैको होला । हरेकले आआफ्नै तरिकाले उत्तर दिन्छनन् । कसैको हाल बेहाल होला । कसैको खबर अभर परेको होला। कसैको पनि हालखबर शतप्रतिशत ‘ठिक’ हुँदैन, ठोकठाक पारेर ठिक बनाउनु पर्छ ।

हालखबर ‘ठिक ठिकै’ भएपनि ‘ठिक छ’ भन्दा पोजेटिभ भाईब आउँछ । ठिक हुँदा हुँदै पनि ‘चल्या छ’ भन्दा पोजेटिभिटि नेगेटिभिटिमा रुपान्तर हुन्छ । आउनोस्, ‘के छ हालखबर’को जवाफका प्रकार पढौं। र, थाहा पाउँ- तपाईंको जवाफ कुन ग्रेडको हो ! -मनोज गजुरेल

A+ : ‘बिन्दास !’ ‘बब्बाल !!’ ‘गज्जब !!’

A : ‘एकदम ठिक छ !’

B+ : ‘ठिक छ !’

B : ‘ठिकै छ !’

C+ : ‘चल्या छ !’

छ : ‘बाँचिया छ !’

D+ : ‘बरबाद छ !’

D : ‘काल आएको छैन !’

E+ ‘खै, ज्युदो हुँदा त ठिकै थियो !’

E – : ‘कसलाई सोध्या, म त मरि सकेँ त !’

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com