भोट हाल्न गाउँ आएका मतदाता काम खोज्न पुन: भारततिर, भावुक हुँदै सांसदले भने- ‘यताको चिन्ता नलिनु, चन्दा पठाउँदै गर्नु !’

प्रकाशित मिति: १८ मंसिर २०७९, आईतवार ०९:२२

(Photo : Social Media)

‘गर या मरको स्थितिमा काम गर्नुपर्नेछ’ : सीके राउत
ठिक छ त ! तर, मर या मारको स्थितिमाचाहीँ काम नगरौं है !’

जसपा प्रवक्ता भन्छन्- ‘सरकार गठनका सबै विकल्पमा हामी खुला छौं’
सरकारबाहिरै बस्ने विकल्पमा त बन्द छौँ !

भोट हाल्न गाउँ आएका मतदाता काम खोज्न पुन: भारत फर्कँदै !
मतदातालाई उम्मेदवारले भने: ‘पाँच वर्षपछि पुन: हामीलाई तपाईंको याद आउनेछ ।’

आफ्नो टिम समूह चरणबाटै बाहिरिएपछि अर्का प्रशिक्षकले पद त्यागे
खेल र राजनीतिबिचको भिन्नता !

ब्यापारी सांसदहरुलाई प्रश्न : ‘मतदाताको प्रतिनिधि बन्ने कि आफ्नै व्यापारिक घरानाको ?
‘बाहिर मतदाताको, भित्र घरानाको !’

जो ३० हजार बढी मत ल्याउँदा पनि भएनन् विजयी
चालिस हजार ल्याएको भए कन्फर्म जित्थे !

कोभिड-१९ विरुद्धका नियम खुकुलो पार्दै चीन
‘जन दवाबका अगाडी जनवादी दबाब काम लाग्दैन !’ -चिनियाँ उक्ति

विश्वप्रकाशलाई कागती र खुर्सानीको माला
खल्तीबाट नुन निकाल्दै शर्माले भने- ‘अब अचार बनाएर खान्छु !’

पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’
माघपछि सांसद किनबेचको सम्भावना बढी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com