‘असल्लें, गल लागो, बाल्खाँ बेरो आँउतो’- गुल्मेली डाक्टरसँग गुल्मीली बिरामी !

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार १५:५४

-डा.रवीन्द्र समीर, गुल्मी

जाद्रै नाक बुझ्झिन्च, कांसो लाग्च तर ख्वांकी आउँदैन, छातीमा बादो बसेको छ, औनारी खान्च, ठिम्रा गोलीले बीसको उन्नाइस भएन !

असल्लें, गल लागो, बाल्खाँ बेरो आँउतो, पाइखानाँ बास्भओ, जातिबिती मुटुक दुख्च, खड्जुरो प्रलय छ, कुखतले गालेको छ !

कम्पारो दुख्च बाए, कन्नो दुखेर भन्चस् , उखुतले मार्यो, तुस परो, आँत् हरर हुन्च , धम्की हुन्च कर , खुट्टा हुर्किंचन् , हेच्ची दुख्च !

बिना स्वादै, सन्नी आगोको भौरो जस्तो हुन्च, अल्ली अथबा भओछ, कुफत र गानोले गलाओ बाए, धम्की !

नोट १ : हाम्रो ” गुल्मेली भाषा परीक्षा ” पास गरेर मात्र गुल्मी जाँदा चिकित्सक वा स्वास्थ्यकर्मीलाई सजिलो हुनेछ ।

नाेट २ : उदाहरणको लागि नाक बुझिन्छ भनेको Nose understand हैन | खुट्टा हुर्किन्चन् भनेको Growing legs हैन, कर: भनेको Tax हैन। धम्की भनेको Threat हैन😁

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com