सर्वप्रिय सांसद समाजवादीमा, केपी ओलीद्वारा बिदाई, माधव नेपालद्वारा स्वागत, स्वागत नेपालद्वारा बिरोध, विरोध खतिवडा मौन, पहचान कौन ?

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलवार ०९:२८

दक्षिण कोरियालाई हराएर ब्राजिल पुग्यो विश्वकप फुटबलको क्वाटरफाइनलमा
खेलाडी राम्रा, देशको नाम झन् रमाईलो छ- ब्रा-जिल पुगिहाल्छ नि !

दीपक मनाङ्गे ए-सामाजवादीमा, माधव नेपालले गरे स्वागत
ओलीले गरे बिदाई, नेपालले गरे स्वागत, स्वागत नेपाल हेर्या हेर्यै !

एलोन मस्कको ट्विटरमा भद्रगोल : कार्यालय बन्द, कर्मचारीको राजीनामा
टेस्ला कम्पनीका एलन मस्क, ट्विटर कम्पनीका फेलन मस्क !

भारतीय बलमिच्याइँमा दलहरू पनि मौन
‘मौन अवधीमा बोल्न मिल्दैन’ -दलहरु

बालुवाटारमा जब प्रचण्ड कड्किए- ‘माओवादीलाई भोट किन आएन ?’
तब आकाशवाणी- ‘हँसिया हथौडा मुखमा, भोट हाल्यौं रुखमा !’

‘शिवमसँग उपहार टन्न’ उपहार योजना सार्वजनिक
मुख्य हार कम्पनीलाई, उप-हार ग्राहकलाई !

चार दलका शीर्ष नेताले भने- ‘संविधान सुरक्षित, गठबन्धन निरन्तर’
ओलीले भने- ‘त्यो चार दल हैन, दल दल हुनेछ !’

सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई किन बाेलाएन ?
शीर्ष चार नेताले भने : ‘आफ्नै खुट्टामा बन्चरो नहानौं !’

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com