हर्क साम्पाङसँग ‘झ्यास्-झुस्’ कुरा !

प्रकाशित मिति: २ पुष २०७९, शनिबार १०:२९

धरानका मेयर हर्क साम्पाङको बारेमा जे सोच्दै थिएँ, भुमीराज राईजीले ठ्याक्कै त्यही लेखिसक्नु भएछ :-
“मेयरजस्तो गरिमामय पदमा धराने जनताले पुर्याएका छन ! काम पनि राम्रै गरिरहनु छ ! साथपनि पाईरहनु भएकै छ ! सबैलाई चित नबुझे पनि सबैको चित्त नदुखाउने गरि मात्र सामाजिक संजालमा लेख्दिनुस न मेयर ज्यू ! ‘चमेरे’ लेख्नु भएको होला ‘चमारे’ भो ! चमार जातिहरुलाई चित्त दुख्नु स्वाभाविक हो नि ! “गल्ति टाइप भएछ, असर परेको जातिप्रति दु:ख मन नगर्न अनुरोध गर्दै माफ चाहन्छु” भन्दा कुरै सकियो !

दुनियाँ काम गर्नुछ, ब्यर्थै सामाजिक संजालमा काम नहुने हामीजस्तो कहाँ गलफत्ती गरिबस्नु’भा मेयर ज्यू ! तपाईंले शुरु गर्नु भएको राम्रो काम फैलाउँ नेपाल भर..! अघि बढ्नुस् तर झिना मसिना कुरालाई मिलाएर लानुस्, यसरी हुन्न ! हामी तपाईंका शुभचिन्तकहरु तपाईं झमेलामा होइन, सबैको मनमा बसेको हेर्न चाहन्छौं ! जय धरान ..!”

भुमीराजजीले लेख्सकेपछी यो विषयमा थप बोल्नै परेन । भन्न बाँकी रहेको थोरै कुरा तल लेख्दै छु ।

प्रिय हर्क साम्पाङज्यु,
तपाईंको उर्जा, आँट र ईमान्दारिताका लाखौँ प्रसंसक मध्ये मपनि एक हुँ । तपाईंलाई थाहै होला, हाम्रो उर्जा सबैभन्दा बढि दिमागले खान्छ । त्यसपछि आँखा, कान र मुखबाट खर्च हुने गर्दछ । वादविवादले दिमागको उर्जा खान्छ । अनावस्यक पोष्ट, कमेन्ट, आरोप, प्रत्यारोप हेर्दा/सुन्दा/बोल्दा उर्जा स्खलित हुन्छ । तपाईंमा अन्तर्निहित शक्तिशाली उर्जा अझै राम्रा काममा लागोस् भन्ने चाहाना हाम्रो हो । तपाईं ‘झ्यास्-झुस्’मा अल्झिंदा हाम्रो आशा अपेक्षापनि ‘फास्-फुस्’ हुन्छ । त्यसैले तपाईंसंग हामीले ‘खास्-खुस्’ गरेको हो ।

अहिले पो तपाईं मेयरमात्र हुनुहुन्छ। पछि मानानीय र मुख्यमंत्री पनि बन्नुहोला ! त्यतिमात्र होईन, तपाईं सिक्किमका पुर्व मुख्यमंत्री पवन चाम्लिङ्झैं नेपालको लोकप्रिय प्रधानमंत्री बन्नुपर्छ भन्ने सपना छ ! ‘झ्यास्-झुस्’ पन्छाउने जिम्मा समर्थक सुभेक्षुकलाई छोडेर तपाईं ठुल्ठुला काममा बढ्नोस…भन्ने अनुरोधमात्र हो, दबाब, प्रभाव वा सुझाव हैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com