मनोवृद्ध र तनोवृद्ध नेतालाई दु:ख दिन मिल्छ ?

प्रकाशित मिति: ६ पुष २०७९, बुधबार ०६:४८

      काङ्ग्रेस परिक्षा २०७९

बिषय : संसदीय दल
पुर्णांक : ८९
पास मार्क : ४५

प्रश्न : बस्दा फुस्स निदाउने, हिंड्दा सहारा चाहिने, प्रश्न सोध्दा सनक्क सन्किने, जवाफ माग्दा रनक्क रन्किने, उमेरले पाकेका, अकर्मन्यताले थाकेका, पटक पटक सत्तामा गएका, जनताले पास गराईदिँदा पनि फेल भएका, पार्टीलाई श्रीमतीको दाईजो र पेवा ठान्ने, सरकारलाई बाबुको अंश र बिर्ता मान्ने, मनोवृद्ध र तनोवृद्ध बालाई संसदीय दलको नेता बनाएर पार्टीलाई बदनाम, जनमतलाई अपमान गरि देशलाई फेरी यथास्थितिको बोझ बोकाउन तपाईंको आत्माले दिन्छ ?

पार्टीभित्र प्रजातन्त्रको अभ्यास र देशभित्र युवा नेतृत्वको आवस्यकताको सिद्धान्त अनुसार जवाफ दिनुहोस् । यो प्रश्न काङ्ग्रेस परिक्षामा सहभागी हुने परिक्षार्थीलाई । तपाईंले बिचारमा आजको रिजल्ट के आउनुपर्छ ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com