‘जुन ढोंगी आए’नि खानै छिरेको’जस्तो नहोस्, नयाँ सरकारलाई शुभकामना🌷

प्रकाशित मिति: ११ पुष २०७९, सोमबार ०७:५९

(Pic : Social Media)

१. यो मन्त्री मण्डल ईतिहासको सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ ।

२. ‘घुस खानु आमाको रगत खानु बराबर हो’
भन्ने सपथ खानेछन् ।

२. प्रधानमन्त्री बाहेक अन्य सबै मन्त्रीहरु पचपन्न बर्ष मुनीका हुनेछन् ।

३. भ्रष्टाचार र नैतिकपतनका आरोपी यस मन्त्री परिषदमा हुने छैनन् ।

. मन्त्रीहरुलाई बिषय विज्ञताका आधारमा मन्त्रीहरु नियुक्ती गरिनेछ ।

५. कर्मचारीको सरुवा बढुवामा युनियनको दबाब र पार्टीको प्रभाव थोप्पै रहनेछैन ।

६. अख्तियरमा परेकका मुद्दाहरुको ‘फास्टट्र्याक छिनोफानो’ गराउनेछ ।

७. शर्त अनुसार साढे दुई बर्षसम्म सरकार ढल्ने/ढलाईने छैन ।

८. यदी कसैले यस्तो खेल खेल्न खोजेमा
त्यसलाई हटाएर अर्कोलाई ल्याईनेछ ।

९. बिगतमा चर्चित काण्डहरुको निष्पक्ष छानविन र निर्मम कारवाही गर्नेछ ।

१०. मन्त्री परिषदको पहिलो बैठकले मँहगी नियन्त्रणको ठोस योजना ल्याउनेछ ।

११. कार्यकर्ता पाल्न खोलिएका आयोग, समिति, संस्थारु तत्काल खारेज गरिनेछ ।

१२. संसदलाई खसी बजार बनाउने सांसदको पद ‘अन द स्पोट’ कोल्याप्स पार्ने बिधेयक ल्याईनेछ………..

…….भनेर भन्ने सरकार बन्ला कि ‘जुन ढाेंगी आए’नि खानै छिरेका’ भन्नु पर्ने हो ! यु त समयले बताउला । हामीले आगामी सरकारलाई भन्नुपर्ने थप कुरा के के के हुन्, ती बताउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com