के भन्थे सोसल मिडियाको बारेमा ? अरनिकोदेखी महात्मा गान्धीसम्मको बिचार !

प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार २०:५९

‘टिकटकमा आएको ‘कट स्लिप्स’का आधारमा गाली छाद्ने गर्दा स्वधर्मको नाश हुन्छ ।’
-आदी शंकराचार्य

‘कमेन्ट गर्नु अघि तिनपटक लामो लामो स्वास तान्ने गर ।’ -योगऋषि पतञ्जली

‘जुन साथीले एकपटक लुकेर तिम्रो भिडियो खिच्छ, उसलाई फ्रेण्डलिष्टबाट हटाईहाल्नु ।’ -पञ्चतन्त्र

नेगेटिभ कमेन्ट सरुवा रोगजस्तै हो । एकजनाले गरेपछि बाँकीले कुरै नबुझी भाइरल गराईदिन्छन् ।’ -अस्टाबक्र

‘लाईक र डिस्लाईक एक रथका दुई पाङ्ग्रा हुन्  ।’ -राजा दशरथ

‘बरु ढुङ्गाको मुर्तीले फोन उठाउला तर टिकटकको साथी तपाईंको मलामी समेत आउँदैन ।’
-अरनिको

‘मनमा उठेका सबै बिचारलाई पोष्ट नगर्नोस्, विवेकले सम्पादन गर्नोस् ।’ -गुरु नानक

‘शरीरलाई स्वस्थ राख्नु उपबास बस, मनलाई स्वस्थ बनाउन ‘सोसस मिडिया फास्टिङ’  गर ।’ -स्वामी प्रपन्नचार्य

‘जुन सोसाइटीमा सोसल मिडिया छैन, त्यहाँको सिटिजन सधैं शान्त हुन्छ ।’  -महात्मा गान्धी

‘महामुर्ख हो त्यो हो जो भाइरल हुन भाइरसजस्तो गतिविधि गर्छ ।’ -जर्ज बर्नार्ड सा

‘कसैको बारेमा थाहा पाउन उसको आत्मकथा पढ्नै पर्दैन, त्यसको एउटै ट्वीट काफी हुन्छ ।’  -थोमस अल्बा एडिसन

‘लाईकले तत्काल त खुशी मिल्ला तर अन्त्यमा डिस्लाईक नै डिस्लाईक प्राप्त हुन्छ ।’ -स्वामी विवेकानन्द

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com