समाजवादी बैंकमा कर्मचारीको आवस्यकता : सीइओ प्रचण्ड, अप्रेशन हेड माधव नेपाल !

प्रकाशित मिति: ६ असार २०८०, बुधबार १०:५०

आर्थिक मन्दीको असरका कारण नेपालका ४ ठुला बैंकहरु मर्जरमा गएका छन् । प्रचण्ड बैंक, माधव बैंक, उपेन्द्र बैंक, झलनाथ बैंक एक आपसमा गाभिएका हुन् । नयाँ बैंकको नाम समाजवादी मोर्चा राखिएको छ ।

ग्राहकले अस्वभाविक रुपमा रकम निकालेर युवा बैंकमा जम्मा गर्न थालेपछि यी पुराना बैंकहरु आपसमा गाभिएका हुन् । प्रतिस्पर्धि बैंकहरुले भने यो मर्जरलाई डुब्न लागेका फाईन्यासहरुको भाग्ने प्रयासमात्र भनेकाछन् ।

तत्कालकालागि बैंकको सिईओमा प्रचण्डलाई नियुक्त गरिएको छ । त्यसैगरी अपरेसन हेडको रुपमा माधव नेपाल, कर्जामा उपेन्द्र यादब, बजारमा झलनाथ खनाल र मानव संसाधनमा विप्लवलाई तोकिएको छ ।

बैंकले शाखा खोल्न स्थानको खोजिमा छ भने नयाँ कर्मचारीकोलागि भर्ना आह्वान गरिएको छ । तलब, सुबिधा आपसी सहमतीमा निर्धारण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com