‘जलहरी बि.सं. २०९९ सम्ममा तिलहरी भैसक्छ !’ भविष्यवक्ता

प्रकाशित मिति: ११ असार २०८०, सोमबार १८:५४

पशुपतिनाथलाई चढाईएको जलहरी निकट भविश्यमा तिलहरी हुने खतरा छ रहेको महान भविस्यवक्ता द जङ्गे मौसुफले बताएकाछन् ।

ओली सरकारले चढाएको जलहरी प्रचण्ड सरकारले जोख्दा आधा किलो कम भएको थियो । यही क्रममा जलहरीको तौल घट्दै गए आगामी सरकारको पालामा १ किलो कम हुनेछ ।

एउटा सरकारका पालामा आधा किलोको हिसाबले घट्दै जाने हो भने आगामी १५ वर्षमा जलहरी तिलहरी भैसक्ने उनको तर्क छ । ‘६/६ महिनामा सरकार फेरिने बिगतको ईतिहास हेर्दा यो सम्भावनालाई नकार्न सकिन्न ।’ जङ्गे मौसुफले भने ।

उनका अनुसार, जलहरीलाई तिलहरी बन्न बाट जोगाउने २ वटामात्र उपाय छन् । पहिलो, अब उप्रान्त जलहरी तौलको बिषयमा तैं चुप मै चुप हुनुपर्यो । दोश्रो, सरकार परिवर्तनको शृङ्खलाको खड्गो काट्नु पर्यो ।

हृदयमा हरी नभएकाहरुले सरकार चलाई रहने हो भने जलहरीबाट तिलहरी, तिलहरीबाट शिवहरी र शिवहरीबाट कठैबरी हुने हाम्रो ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com