एकदिन सुनहोत्राजी सिसिटिभी हेर्दै बस्या थे जसै…

प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार ०८:३४

एकदिन सुनहोत्राजी सिसिटिभि हेर्दै बस्या थे जसै,
देख्या सुन क्विन्टल सुनचरीले बोकी ल्यायाको तसै !

झट्टै ती सुनपोर्ट पुगिगया सुनको गरूँ हित भनी,
भंसारे सब ताहीं थिया तर सुन उम्कि सक्याथ्यो अनि !

ट्याक्सीमा लादिकन जब सुन्, रोडमा पुग्याथ्याे जसै,
सेटिङमा नपर्या राजस्व जनले झ्याप्पै समाया तसै !

यो बात सुनेर रन्थनिदै प्रभुजीली प्रेसमिट गर्या रे हरी,
काट् खुट्टाे भनदा श्री चोर जिउले खुट्टो झिके झैं गरी !

-भवानी बराल, धरान

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com