शैलेन्द्र सिम्खडा, मनोज गजुरेलदेखी टीका भण्डारी, सुबोध, मेक्सम गौडेलहुँदै सीता न्यौपाने, चिप्लेटी अंकलसम्म !

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार १९:१२

कोरोना महामारी पछिको पहिलो गाईजात्रा प्रज्ञाभवन, कमलादीमा आयोजना हुने भएको छ । “८० सालको गाईजात्रा” नाम दिईएको यो कार्यक्रम भाद्र १३ गतेदेखी १८ गतेसम्म आयोजना हुनेछ ।  गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्राली रहेको छ ।  
मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कंडेल, प्रभात लामा, रुबिना अधिकारी, चक्र दवाडी लगायतका कलाकारहरुले ‘८० सालको गाईजात्र’मा दर्शकहरुलाई हँसाउनेछन् ।  

जेसीस, लायन्स लगायतका संस्थाहरुसंगको सहकार्यमा ब्राण्डवर्थ प्रालीले उपत्यका बाहिर पनि  “८० सालको गाईजात्रा” आयोजना गर्दैछ । बिराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भईसकेको  छ । साथै  अन्य शहरमा पनि “८० सालको गाईजात्रा” आयोजना हुनेछ ।  

कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरंजन र मोटिभेसन गरेको यस प्रालीली यस पटकपनि रंगमंच संगसंगै टेलिभिजनमा पनि  ‘डिजिटल गाईजात्रा’ प्रशारण गर्नेछ ।  ७ ईपिसोडमा प्रशारण हुने ‘डिजिटल गाईजात्रा’को पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रंगमंचमा हुने ‘८० सालको गाईजात्रा’को रिहर्सलमा व्यस्त छन् ।  

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com