मनोर्वेदिक औषधि !

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार ०७:५६

औषधी बनाउने तरिका:
सत्यको ३ वटा पातमा ५ ग्राम ईमानदारीको जरा मिसाई १० चम्चा उदारताको अर्कमा मिसाउने । ७ वटा परोपकारका बियाँ भुटेर सत्सङ्गको दुई चिम्टी धुलो हालेर घाममा सुकाउने ।

दुबै मिसाएर तयार भएको सामाग्रीमा प्रेमल हृदयको बोक्रा १५ वटा र देश प्रेमको झोल २० थोपा हाल्ने । दानको फुल ६ थुङ्गा ३ वटा र त्यागको कोपिला ३ वटा थप्ने । यसरी तयार भएको लेदोमा ७ पोटी मेहेनत तथा मधुरवाणीको छिल्का १७ पोटी घोल्ने ।

त्यसपछि सहिष्णुताको गाभा १ वटा सँस्कारकाे मुन्टा २ वटा मिसाउने । धर्म र पुन्यको आगोमा सेकाएको १४ दाना ज्ञान मिसाएर चुर्ण तयार गर्ने ।

यि २२ प्रकारका जडिबुटीबाट तयार भएको मनोर्वेदिक औषधिलाई ३ लिटर धैर्यतारुपी पानीमा घोलेर विश्वासको कुकरमा खन्याई स्नेहको ग्याँस चुलोमा १२ सिठी लगेपछी चुलोवाट झिकेर एकछिन सेलाउई सफा र सुद्ध मनको कपडाले राम्ररी छानेर प्रकृतिको सीसीमा भरेर सांसारिक हावा नछिर्ने गरी मस्तिस्क रुपी बिर्को कसेर राख्ने ।


सेवन विधी :
प्रत्येक दिन ब्रम्हमूहूर्तमा उठेर गूलकन्द मिसाएर वैद्विक मन्त्रले फुकी प्रेमको ठुलो चम्चाले विहान, मध्यान्न र साँझ तिन चम्चाको मात्राले नियमित सेवन गर्ने ।


सतर्कता :
कामोत्तेजनाको गन्धवाट टाढै बस्ने, क्रोधको खुर्सानी नटोक्ने, लोभको फ्रिजमा केहि नराख्ने, मोहको जालोबाट आँखा सुरक्षित राख्ने,मदको मदिरा नपिउने, मात्सर्यको जुस नपिउने, इर्स्याको भर्याङ्ग नचढ्ने,राघले रङ्गाएको पहिरन नलगाउने, द्वैषको चिसोबाट बच्ने,अहंकारको तेलमा पकाएर कहिल्यै नखाने, सज्जनको संगत गर्ने, भ्रष्टचारी र दुराचारीवाट टाढा रहने ।

मनोर्वेदिक चिकित्सक : प्रेम प्रसा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com