रास्वपा, ढाका प्रसाद र २ करोड !

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार ०६:४४

दुर्गा प्रसाईंसँग घुस माग्ने रास्वपाका सांसद ढाका प्रसाद श्रेष्ठको पद खोसियो । पार्टीबाट निस्कासन भए । यो बिषय सकियो ।

तर, हालै ढाकाले बोलेको कुरालाई पनि रास्वपाले नजरअन्दाज नगरोस् । उनले आफुलाई मन्त्री बनाउन २ करोड माग्ने रास्वपाकै मोहनजङ्ग थापालाई पोलेकाछन् ।

रास्वपाले किन्तु, परन्तु केही नभनी यसको सत्य तथ्य बाहिर ल्याउनु पर्छ । अपराध पुष्टि भएमा निर्मम कारबाही गर्नु पर्दछ । किनकी रास्वपा अब कुनै समूह हैन, पार्टी हो । सम्भावना बोकेको शक्ति हो ।

पुराना पार्टी जस्तै बलियालाई जोगाउने कमजोरलाई कारबाही गर्ने काम भयो भने…जनताले भन्नेछन् – जुन ढाेँगी आए नि खानै छिरेका !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com