सुन काण्डभन्दा ठूलो ‘भन् काण्ड’ आउँदै, दुबै मिलेर भनसुन काण्ड घटाउने !

प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार ०९:११

मिरोज ‘किम्मदन्ती’ गजुरेल

सुन काण्ड’ सेलाउन नपाउँदै ‘भन् काण्ड’ आएको छ । के हो त भनकाण्ड ? जसले सुनकाण्ड बारे सिआईबीलाई सुराकी दियो अर्थात् भन्यो, त्यही हो भन् काण्ड ।

भन् काण्डले सिआईबी आफैं सुनकाण्डमा पर्यो, सुराकीको कुरा सुन्नाले । सुन्नुपनि एकखालको सुनकाण्ड नै हो । तर सुन काण्डभन्दा भन् काण्ड ठूलो हो ।

भन काण्डमा फसेकाहरु यसरी फँस्छन्- “तैँले भनेको हो ? ‘कसले भन्यो त ?” “छिटो भन्, छिटो भन्” आदि ईत्यादी । भन् काण्डमा प्रहरीकै नियन्त्रणमा रहेर पनि प्रहरीलाई नै “भन्, भन्” भनेर धम्क्याउने समेत गर्दछन् ।

एक पत्रकारका अनुसार, दोषिहरुले “भन्, भन्” भनेर दोहोर्याइरहेको सुनेर उक्त विवादलाई भनकाण्ड नामाकरण गरेका हुन् । सुनकाण्ड त अक्षम्य तर भन काण्डपनी सानो अपराध हैन ।

तर, प्रहरी भनकाण्डलाई बालै नदिने पक्षमा देखिन्छ । सिआइबीका एक प्रतिनिधिलेफेसबुक पोस्टमा यसको सङ्केत दिएकाछन्- “अहिले हामीले भन् काण्डलाई महत्वपूर्ण मान्यौँ भने भोली अर्को ‘भनसुनकाण्ड’लाई पनि इम्पोर्टेन्स दिनुपर्ने हुनसक्छ ।

सिआइबीले सुराकीको कुरा सुनेर आफै पनि सुनकाण्डमा मुछिएको छ। यि दुई छुट्टै सम्बन्धित काण्डहरु भएपनि सिआइबीको नाम बदनाम गर्ने कुनै पनि काण्डलाई यो संस्थाले बढावा दिनेछैन।”

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com